कानुनमन्त्री बडुलाई कोभिड संक्रमण-Sutra News

कानुनमन्त्री बडुलाई कोभिड संक्रमण

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९को संक्रमण पुष्टि भएको छ ।



पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड-१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट