कर्मचारीमा कोरोना संक्रमण भएपछि पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित-Sutra News

कर्मचारीमा कोरोना संक्रमण भएपछि पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवा स्थगित गरिएको छ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि माघ १६ गतेसम्मका लागि नियमित सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।



केही कर्मचरी सङ्क्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना सङ्क्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ ।

जिल्लामा पछिल्लो समय सङ्क्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट