सुनको भाउ ९ सयले घट्यो, यस्तो छ कारोबार मूल्य-Sutra News

सुनको भाउ ९ सयले घट्यो, यस्तो छ कारोबार मूल्य

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८
sun

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुन प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । अधिल्लो दिन सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।



महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो ।

त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट