एमाले बागमती प्रदेश कमिटी सदस्य सिलवाल नेकपा एसमा प्रवेश-Sutra News

एमाले बागमती प्रदेश कमिटी सदस्य सिलवाल नेकपा एसमा प्रवेश

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।



बिहीबार एमाले परित्याग गर्दै सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । सिलवाललाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका थिए ।

उनी साविककाे गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए । ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।

सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट