हुम्लाको कथाः ‘नुनको भारी’ लिएर आए लेखराज र लक्ष्मण-Sutra News

हुम्लाको कथाः ‘नुनको भारी’ लिएर आए लेखराज र लक्ष्मण

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

रेलको बाटो गीत लेखेर चर्चा कमाएका लेखक लेखराज गिरीको नुनको भारी नामक भिडियो पोस्टर सार्बजनिक गरिएको छ । उक्त गीतमा पनि दुर्गमको वास्तबिकता चित्रण गरिएको सहज अनुमान गर्न सकिन्छ।



समिक्षा फिल्मको ब्यानरमा निर्माण भएको भिडियो बनाउन ७ लाख रुपैयाँ खर्च भयको कम्पनीका अध्यक्ष अर्जुन डोटलले जानकारी दिए ।

बादल थापा मगरको लय र स्वर रहेको गीतको भिडियो यहि माघ २१ गते सार्बजनिक गरिने निर्माण छन् । भिडियोमा रेलको बाटो गीतकै कलाकार लक्ष्मण देबकोटा र सरस्वती खत्रीको साथै बसन्त उदास, रुपचन्द्र बुढा, प्रकाश पहाडी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

बिनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा छायांकन गरिएको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले खिचेका हुन् । अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियोलाई पदम सुबेदिले सम्पादन गरेका छन् भने रङ संयोजन मिलन बिश्वकर्माले गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट