कोरोना महामारीबीच अमेरिकी अर्थतन्त्रको वृद्धिदर ५.७ प्रतिशत-Sutra News

कोरोना महामारीबीच अमेरिकी अर्थतन्त्रको वृद्धिदर ५.७ प्रतिशत

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

अमेरिकी अर्थतन्त्र गएका वर्ष पछिल्लो केही दशक यताकै तीव्रदरमा बिस्तार भएको छ । कोरोना भाइरसको महामारीबाट शिथिल भएपनि अर्थतन्त्रमा राम्रो सुधार देखिएको हो ।



वित्त मन्त्रालयले जारी गरेको आधिकारिक तथ्यांक अनुसार अमेरिकी अर्थतन्त्रको वृद्धिदर गत वर्ष (सन् २०२१) मा ५.७ प्रतिशत रह्यो । सन् १९८४ यता अमेरिकी अर्थतन्त्रको यो वृद्धिदर उच्च हो ।

विश्लेषकहरुले आर्थिक वृद्धिदर यो वर्ष केही कमजोर हुने आँकलन गरेका छन् । ब्याजदर बढेको तथा सरकारले प्रोत्साहन खर्च बढाएकाले आर्थिक वृद्धिदरको गति सुस्त हुने सम्भावना रहेको विश्लेषण गरिएको हो । यस्तै उच्च बनेको मुद्रास्फिती र कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिमले अर्थतन्त्रलाई प्रभावित पार्न सक्ने छ ।

विश्व बैंकले अमेरिकाको आर्थिक वृद्धिदर यो वर्ष ३.७ प्रतिशत हुने आँकलन गरेको छ ।

सन् २०२० मा कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउनका कारण अमेरिकी अर्थतन्त्रमा गिरावट आएको थियो । तर सन् २०२१ मा भने अर्थतन्त्रमा राम्रो सुधार आएको हो ।

अमेरिकी श्रम बजारमा रहँदै आएको कामदारको अभावको समस्या पनि बिस्तारै समाधान हुने क्रममा देखिएको छ । यसले अर्थतन्त्रलाई सुधारको मार्गमा जान सहयोग गर्ने विश्लेषकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट