एलन मस्कको अमेरिकी राष्ट्रपतिप्रति कडा आलोचनाः ‘बाइडेन मानवको रुपमा एउटा कठपुतली’-Sutra News

एलन मस्कको अमेरिकी राष्ट्रपतिप्रति कडा आलोचनाः ‘बाइडेन मानवको रुपमा एउटा कठपुतली’

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

अमेरिकामा विद्युतीय सवारी साधनहरुको भविष्यबारे गरिएको एउटा पोस्टमा टेस्लाको नाम छुटाएपछि अमेरिकी अर्बपति तथा विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेरिकी राष्ट्रपति जोन बाइडेनको कडा आलोचना गरेका छन् ।



एउटा ट्विटर पोस्टमा राष्ट्रपतिले विद्युती सवारी निर्माता टेस्लाको नाम उल्लेख नगरेपछि मस्क उनीसँग रिसाएका हुन् । ‘जीएम र फोर्ड जस्ता कम्पनीले स्वदेशमा यसअघि भन्दा धेरै विद्युतीय सवारी निर्माण गरिरहेका छन्,’ बाइडेनले भनेका थिए ।

अमेरिकामा भविष्यमा विद्युतीय गाडीबारे बाइडेनको ट्विटलाई जबाफ दिने क्रममा मस्कले टेस्ला अक्षरलाई क्यापिटल लेटरमा लेखेका छन् । अर्को एउटा ट्विटमा मस्कले लेखेका छन्, ‘बाइडेन मानवको रुपमा एउटा कठपुतली हुन् ।’

मस्कले यो पनि भनेका छन्, ‘बाइडेनले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरेका छन् ।

आफ्ना प्रतिद्वन्द्वी कार कम्पनी जनरल मोटर्स र फोर्ड मोटर्सका कार्यकारीलाई बाइडेनले भेटेपछि मस्कका भनाई आएका हुन् । बाइडेन प्रशासनको बिल्ड ब्याक बेटर विद्येयकमा छलफल गर्न यसअघि राष्ट्रपति बाइडेनले जनरल मोटर्स र फोर्डका सीइओहरुलाई राष्ट्रपति निवास ह्वाइटहाउसमा बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट