आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ : अमेरिका-Sutra News

आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ : अमेरिका

शुक्रबार, १४ माघ २०७८

शुक्रबार, १४ माघ २०७८

अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने सम्भावना रहेको अमेरिकाले जनाएको छ ।



रूसले भने अहिले समस्या समाधानको आशा कम रहकेो छ । किनकी अमेरिकाले उसको मुख्य मागलाई अस्वीकार गरिरहेको छ ।

युक्रेनको सीमानामा रुसले करिब १ लाख सैनिक उतारेकोले यस्तो आशंका व्यक्त गरिएको जनाइएको छ । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नभएको जनाइरहेको छ ।

अमेरिका राष्ट्रपतिले रूसी हमलाको सम्भावनाबारेको टिप्पणी युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीसँग टेलिफोन कुराकानीका क्रममा व्यक्त गरेका बीबीसीले जनाएको छ ।

व्हाइट हाउस की प्रवक्ता एमिली होर्नले भिनन्, ‘राष्ट्रपतिले भनेका छन् कि प्रबल सम्भावना हो कि रूस फेब्रुअरीमा युक्रेनमा फेब्रुअरीमा आक्रमण गर्नेछ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट