फुङ्लिङमा बुष्टरडोज दिइने, बालबालिकालाई दाेस्राे खाेप-Sutra News

फुङ्लिङमा बुष्टरडोज दिइने, बालबालिकालाई दाेस्राे खाेप

शनिबार, १५ माघ २०७८

शनिबार, १५ माघ २०७८

ताप्लेजुङकाे फुङलिङ नगरपालिकामा कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडाेज दिइने भएको छ ।



१५ माघ २०७७ देखि २०७८ असार मसान्त सम्म काेभिशिल्ड लगाएका ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज सञ्चालन गर्ने निर्णय जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले गरेकाे हाे ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका- ४ वडा कार्यालय र तोक्मेडाँडामा नियमित खोप सञ्चालन भइरहेकाे छ । तिनै खोपकेन्द्रमार्फत बुष्टरडोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

यसअघि खोपको पहिलो मात्रा लगाएका बालबालिकालाई १६ माघबाट २१ गतेसम्म दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार १६ माघदेखि १८ सम्म फुङ्लिङ नगरपालिकाभित्र तथा १७,१८,१९ र २० माघमा  पाथीभरा याङ्वरक,आठराइ त्रिबेणी,मैवाखोला र मेरिङ्देन गाउँपालिकामा खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

१८,१९ र २० माघमा  सिङ्विा,सिरिजंगा र मिक्वाखोला गाउँपालिकामा मोर्डना खोपको दोस्रो मात्रा लगाउने गरी कार्यतालिका तयार भएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट