देशभर थपिए ४९०४ संक्रमित, थप ६ संक्रमितको मृत्यु-Sutra News

देशभर थपिए ४९०४ संक्रमित, थप ६ संक्रमितको मृत्यु

शनिबार, १५ माघ २०७८

शनिबार, १५ माघ २०७८

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् । सोही समयमा नेपालमा ५ हजार ९२४ जनाले संक्रमण जितेका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ जनामा गरिएको नमुना परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या ८७ हजार ३२९ जना रहेको छ ।

त्यस्तै, यस अवधिमा ६ जना संक्रमितको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट