गठबन्धन पार्टीको उम्मेदवार नहुँदा इटालीमा ८० वर्षीय म्याटरेल्ला पुनः राष्ट्रपतिमा निर्वाचित-Sutra News

गठबन्धन पार्टीको उम्मेदवार नहुँदा इटालीमा ८० वर्षीय म्याटरेल्ला पुनः राष्ट्रपतिमा निर्वाचित

आइतबार, १६ माघ २०७८

आइतबार, १६ माघ २०७८

इटालीका राष्ट्रपति सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि ८० वर्षीय म्याटरेल्ला विकल्पहीन नेता बनेका हुन् ।



यसअघि दोस्रो कार्यलका लागि राष्ट्रपति नबन्ने उनले घोषणा गरेका थिए । तर, इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी दिन उनलाई कर गरेका थिए । आठौं चरणको निर्वाचनपछि उनी शनिवार औपचारिक रुपमा नै विजयी भएका थिए ।

देशले सामना गरेको स्वास्थ्य र आर्थिक चुनौतिलाई मनन गर्दा आफूले ‘उत्तरदायित्वको चेतना’ बोध गरेको उनले बताए । संबैधानिक अदालतका पूर्वन्यायाधीशसमेत रहेका उनले भने, ‘मेरा व्यक्तिगत छनौट भन्दा देशका लागि सेवा बढी महत्वपूर्ण हुन्छ ।’

राष्ट्रपतिमा पुनः विजयी भएकोमा प्रधानमन्त्री ड्रागीले म्याटरेल्लाको प्रशंसा गर्दै उनको विजयलाई ‘इटालीका लागि उत्कृष्ट समाचार’ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट