७५ प्रतिशत भारतीयले लगाए कोरोनाको पूर्ण खोप, प्रधानमन्त्री मोदीले दिए बधाई-Sutra News

७५ प्रतिशत भारतीयले लगाए कोरोनाको पूर्ण खोप, प्रधानमन्त्री मोदीले दिए बधाई

आइतबार, १६ माघ २०७८

आइतबार, १६ माघ २०७८

भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् ।



‘७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् । यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा नागरिकहरुलाई बधाई दिन चाहन्छु । हाम्रो खोप अभियानलाई सफल बनाउने सबै जनाप्रति गर्व महशुस गर्छु,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् ।

यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्दाभियाले देशको ७५ प्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएको बताएकी थिइन् ।

यसैबीच, पछिल्लो २४ घन्टामा भारतमा २ लाख ३४ हजारमा कोभिड देखिएको छ । योसँगै भारतमा भारमा कोभिड संक्रमितको संख्या चार करोड १० लाख पुगेको छ । सो अवधिमा कोभिडबाट ८९३ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा भारतमा कोभिड संक्रमितको संख्यामा घट्ने र बढ्ने क्रम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट