क्यानडामा अनिवार्य खोपको विरोधमा सयौं ट्रक चालकले घेरे राजधानी-Sutra News

क्यानडामा अनिवार्य खोपको विरोधमा सयौं ट्रक चालकले घेरे राजधानी

आइतबार, १६ माघ २०७८

आइतबार, १६ माघ २०७८

अमेरिकी सीमा पार गर्न अनिवार्य कोभिड खोप लगाउनुपर्ने सरकारी प्रावधानको विरोधमा क्यानडामा सयौं ट्रक ड्राइभरले राजधानी ओटावामा ट्रक तेर्स्याएर विरोध गरेका छन् । फ्रिडम कन्भोय नाम दिइएको सो विरोध प्रदर्शनमा देशको पूर्व र पश्चिमबाट आएका ट्रकले शनिबार राजधानी घेरेका थिए ।



विरोध आयोजना हुनु दुई घन्टाअघि ओटावा सहरका सडकहरु लगातार हर्न बजेका ट्रकले भरिएको एएफपीले जनाएको छ । ‘अनिवार्य खोपको प्रावधान हटाइनुपर्छ । यो प्रावधान अनुचित छ,’ एक प्रदर्शनकारीले भने । प्रदर्शनकारीमध्ये थोरैले मात्र मास्क लगाएका थिए । बाहिरको तापक्रम माइनस २१ डिग्री सेल्सियस भएकाले अधिकांशले टाउकोमा आँखा र मुख मात्र देखिने वस्त्र लगाएका थिए ।

ड्राइभरको प्रदर्शनपछि प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार सुरक्षाको कारण दर्शाउँदै आवासबाट अज्ञात स्थलतर्फ हिँडेको प्राप्त विवरणमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट