दुर्गेशको नयाँ गीत ‘पैसा’मा पनि छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन समाजवादी महिलाकाे माग-Sutra News

दुर्गेशको नयाँ गीत ‘पैसा’मा पनि छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन समाजवादी महिलाकाे माग

सोमबार, १७ माघ २०७८

सोमबार, १७ माघ २०७८

गायक दुर्गेश थापा नयाँ गीत ‘पैसा’ पनि विवादमा तानिएकाे छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेकाे छ ।



रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । ‘अर्धनग्न महिलाकाे शरीरलाई पैसासँग जाेडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाकाे वस्तुकरण गरिएकाे छ,’ संगठनका संयाेजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘ कलाकारले प्रयाेग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।’

‘पैसा’म्युजिक भिडियाे प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट