नेपालमा खोप चिस्यान प्रणाली अझै प्रभावकारी बनाउन जापानको सहयोग-Sutra News

नेपालमा खोप चिस्यान प्रणाली अझै प्रभावकारी बनाउन जापानको सहयोग

सोमबार, १७ माघ २०७८

सोमबार, १७ माघ २०७८

नेपालमा खोप चिस्याउने प्रणालीलाई अझै प्रभावकारी बनाउन जापान सरकारले राष्ट्रसंघीय बाल कोष, युनिसेफमार्फत विभिन्न सामाग्री प्रदान गरेको छ । सहयोगअन्तर्गत जापानले उच्च गुणस्तरको खोप सामाग्री प्रदान गरेको हो ।



जापानले ९ ओटा वाक–इन–कुलर्स, ३८ ओटा सौय उर्जामा चल्ने फ्रिज, एक हजार १०९ ओटा लामो दूरीमा खोप बोक्ने सामग्री र ५३ ओटा चिस्याउने बाकस (कोल्ड बक्स) प्रदान गरेको हो ।

खोप सामग्रीका लागि जापानले गत वर्षदेखि निरन्तर नेपालभर सहयोग प्रदान गर्दै आएको छ । ‘नेपालले अहिले नयाँ भेरियन्टसहित कोभिडको तेस्रो लहर सामन गरिरहेको छ, जसका कारण खोप अभियान सरकारको उच्च प्राथमिकतामा परेको छ,’ नेपालका लागि जापानका दूत किकयुता युताकाले भने ।

खोप अभियानमा खोपको उचित भन्डार महत्वपूर्ण भएको र जापानको सहयोगको उदेश्य पनि भन्डारणको क्षमता बृद्धि र देशभर खोप वितरण गर्नु रहेको उनले बताए । जापानले प्रदान गरेको वाक–इन–कुलर ढुवानी योग्य भएको र तुलनात्मक रुपमा सस्तोमा चाँडै राख्न सकिने उनले बताए ।

त्यस्तै, सौर्य उर्जामा चल्ने फ्रिज विभिन्न क्षेत्रमा भन्डारणमा देखिएको समस्यासँग जुध्न सहयोग पुग्ने पनि उनले विश्वास गरे । जापानले निरन्तर रुपमा नेपाललाई वृहत सहयोग गर्दै आएको छ ।

नेपालमा कोभिडविरुद्ध पहल मजबुत पार्न जापानले खोप, एम्बुलेन्स, मेडिकल तथा चिस्याउने उपकरणलगायतका सामाग्री अनुदान दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट