

नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्नको लागि १६ जनाले आवेदन दिएका छन् । यसअघिका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल २३ पुसमा सकिएपछि यो पद रिक्त रहेको छ ।
२५ पुसमा खुलाइएको आवेदन १६ माघसम्म दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन दिनेमा निगमका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्ट, उद्योग विभागका पूर्वमहानिर्देशक जीवनप्रकाश भट्टदेखि कांग्रेस नेताहरूसमेत रहेका छन् ।
राजनीतिक नियुक्तिमा आकर्षक मानिएको ठाउँ आयल निगममा प्रतिश्पर्धाबाट कार्यकारी निर्देशक छान्नुपर्ने व्यवस्थाका कारण कसले कुर्सी सुरक्षित गर्ने हो सर्वत्र चासोको विषय बनेको छ ।
कस-कसले दिए आवेदन ?
जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र
सञ्जय कुमार