भारतमा नयाँ बजेट : ६० लाखलाई रोजगारी, ८० लाखलाई घर-Sutra News

भारतमा नयाँ बजेट : ६० लाखलाई रोजगारी, ८० लाखलाई घर

मंगलबार, १८ माघ २०७८

मंगलबार, १८ माघ २०७८

भारतमा मंगलबार सन् २०२२/०२३ को बजेट प्रस्तुत गरिएको छ । अर्थमन्त्री निर्मला सितारामले भारतीय तल्लो सदन लोकसभामा बजेट प्रस्तुत गरिरहेकी छन् ।



नयाँ बजेटमा भारत सरकारले सन् २०२२/२३ मा विपन्न वर्गलाई ८० लाख घर बनाइदिनेछ । त्यस्तै, ६० लाख जनालाई रोजगारी दिइने र अर्गानिक खेती गर्न किसानलाई प्रोत्साहन गरिने उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय राजमार्ग २५ हजार किलोमिटर विस्तार गरिने, हुलाक कार्यालय अनलाइन बनाइने र आईटी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जनाइएको छ ।

डिजिटल बैंकिङको सुविधा हरेक क्षेत्रमा गरिने र किसानलाई डिजिटल सेवा प्रदान गरिने बताइएको छ । बजेटमा किसानका लागि धेरै ठूलो राहत दिने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट