देशैभर थप ५५८३ जनामा कोरोना संक्रमण, ९ जनाले ज्यान गुमाए-Sutra News

देशैभर थप ५५८३ जनामा कोरोना संक्रमण, ९ जनाले ज्यान गुमाए

मंगलबार, १८ माघ २०७८

मंगलबार, १८ माघ २०७८

पछिल्लो २४ घण्टामा देशैभर थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ ।



स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ७४ हजार ५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट