परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखिएको हो ।
गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
परराष्ट्रमन्त्री डा. खड्का त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यामिक बिद्यालय राजावासको बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउने क्रममा कालो झण्डा देखाएको हो ।