अर्जेन्टिनामा मिसावटयुक्त कोकिन प्रयोगले १६ जनाको मृत्यु-Sutra News

अर्जेन्टिनामा मिसावटयुक्त कोकिन प्रयोगले १६ जनाको मृत्यु

बिहिबार, २० माघ २०७८

बिहिबार, २० माघ २०७८

मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन् ।



अबैध लागु औषधमा केही विष मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्रीले पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् ।

किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।

पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लागु औषधलाई जाँच गर्न अनुसन्धानकर्ताहरुले पोस्ट मार्टमको नतिजा कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट