महिला भलिबल टोलीलाई जनही ५ लाख पुरस्कार-Sutra News

महिला भलिबल टोलीलाई जनही ५ लाख पुरस्कार

शुक्रबार, २१ माघ २०७८

शुक्रबार, २१ माघ २०७८

गत पुसमा बंगलादेशमा आयोजित एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप (एभिसी) अन्तर्गत महिलातर्फको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ ।



प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा विजेता महिला भलिबल टोलीका १२ सदस्यलाई जनही ५ लाख नगदसहित पुरस्कृत गरेका हुन् ।

यस्तै टोलीका दुई प्रशिक्षकलाई जनही ३ लाख र एक अफिसियल २ लाख नगदसहित पुरस्कृत भएका छन् ।

ढाकामा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टोलीले लगातार दोस्रोपटक उपाधि रक्षा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट