प्रख्यात भारतीय गायिका लता मंगेशकरको निधन-Sutra News

प्रख्यात भारतीय गायिका लता मंगेशकरको निधन

आइतबार, २३ माघ २०७८

आइतबार, २३ माघ २०७८

सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।



दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट