क्यानडामा देशव्यापी खोपविरोधी प्रदर्शन, ओटावाको मुख्य बजार बन्द-Sutra News

क्यानडामा देशव्यापी खोपविरोधी प्रदर्शन, ओटावाको मुख्य बजार बन्द

आइतबार, २३ माघ २०७८

आइतबार, २३ माघ २०७८

क्यानडामा राजधानी ओटावा सहरबाट सुरु भएको कोभिड खोपविरोधी प्रदर्शन विस्तारै देशका विभिन्न सहरहरुमा फैलिएको छ । विरोध प्रदर्शन क्यानडाको सबैभन्दा ठूलो सहर टोरोन्टो, क्युबेक, विनिपेग, फ्रेडरिक्टनसम्म फैलिएको हो । शनिबारको प्रदर्शनमा राजधानी ओटावामा झन्डै पाँच हजार प्रदर्शनकारीको सहभागीता थियो ।



‘एउटा ठूलो कैदमा बस्नुपर्ने दबाबपूर्ण आदेशका कारण हामी सबै बिरामी र थकित छौ’, रोर्बट नाम गरेका एक प्रदर्शनकारीले रोयटर्सलाई भने ।

‘उनीहरु खोप भन्ने गरेको विष हाम्रो नशामा नराखी हामी सामान्य अवस्थामा फर्किन चाहन्छौ,’ उनले भने । क्यानडाबाट अमेरिका प्रवेश गर्ने सीमामा सरकारले ल्याएको अनिवार्य खोपको प्रावधानविरुद्ध एक साताअघि ट्रक चालकहरुले ट्रक तेर्साएर विरोध गरेका थिए ।

सो प्रदर्शन सार्वजनिक स्वास्थ्य मापदन्ड र प्रधानमन्त्री जस्ट्रिन टु«डोको सरकारविरुद्ध ‘जमघट विन्दु’ को रुपमा रुपान्तरण भएको छ । कोभिडसम्बन्धी अधिकांश मापदन्ड प्रान्तीय सरकारले कार्यान्वयनमा ल्याएको हो ।

लगातार आठौं दिन प्रदर्शनकारीले ओटावाको मुख्य बजार बन्द गरेका छन् । सुसंगठित अवरोधलाई अमेरिकाका सहानुभूतिकर्ताहरुले सहयोग गरेको क्यानडा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट