चौबिस घण्टामा १३८६ कोरोना संक्रमित थपिए, ११ जनाले ज्यान गुमाए-Sutra News

चौबिस घण्टामा १३८६ कोरोना संक्रमित थपिए, ११ जनाले ज्यान गुमाए

आइतबार, २३ माघ २०७८

आइतबार, २३ माघ २०७८

पछिल्लो २४ घण्टामा देशैभर थप १ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६६ जना कोरोना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयकाअनुसार काठमाडौंकामा ४१०, भक्तपुरमा ३२ र ललितपुरमा १२४ नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट