कुमारी बैंकको सिईओले दिए राजीनामा, कामु सिईओमा रामचन्द्र खनाल नियुक्त-Sutra News

कुमारी बैंकको सिईओले दिए राजीनामा, कामु सिईओमा रामचन्द्र खनाल नियुक्त

सोमबार, २४ माघ २०७८

सोमबार, २४ माघ २०७८

काठमाडौँ । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।



सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएपछि खनाललाई कामु सिइओ नियुक्त गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट