ब्रिटिश काउन्सिलद्वारा सीटीईभीटीलाई ९ वटा बस हस्तान्तरण-Sutra News

ब्रिटिश काउन्सिलद्वारा सीटीईभीटीलाई ९ वटा बस हस्तान्तरण

मंगलबार, २५ माघ २०७८

मंगलबार, २५ माघ २०७८

ब्रिटिश काउन्सिल नेपालको दक्षता परियोजनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)लाई ९ वटा बस प्रदान गरेको छ । परियोजनाका टोली प्रमुख एरिक विन्तर श्मीटले आज एक कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव जीब नारायण काफ्लेलाई बस हस्तान्तरण गरेका हुन् ।



नेपालभर प्राविधिक तथा व्यवसायिक तालिममा पहुँच बढाउने प्रयास अन्तर्गत ती बसहरु प्रदान गरिएको काउन्सिलले जनाएको छ । कार्यक्रममा काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक शहिदा म्याकडुगलले विद्यार्थी र शिक्षक दुवैका लागि पहुँच र समावेशीतामा वृद्धि गर्ने सीटीईभीटीका विद्यालयहरुसँग साझेदारीको अवसरले गौरवान्वित भएको बताइन् ।

कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव काफ्लेले श्रम बजारसँग सम्बन्धित सीपको तालिम पाउनमा रहेका भौतिक अवरोधलाई सम्बोधन गर्न यी बसहरुले सघाउ पुर्याउने भन्दै काउन्सिलको परियोजनालाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट