१९५७ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु-Sutra News

१९५७ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

मंगलबार, २५ माघ २०७८

मंगलबार, २५ माघ २०७८

पछिल्लो २४ घण्टामा देशैभर १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट