रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर-Sutra News

रोमालाई पराजित गर्दै काेपाकाे सेमिफाइनलमा पुग्याे इन्टर

बुधबार, २६ माघ २०७८

बुधबार, २६ माघ २०७८

इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।



मंगलबार रातिकाे खेलमा इन्टरले राेमालाई २-०  गाेल अन्तरले पराजित गरेकाे हाे । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए ।

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए  । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए ।

पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।

अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट