मधेस प्रदेशमा मौलिक लोक बाजा प्रशिक्षण, ८ जिल्लाका प्रशिक्षार्थी सहभागी-Sutra News

मधेस प्रदेशमा मौलिक लोक बाजा प्रशिक्षण, ८ जिल्लाका प्रशिक्षार्थी सहभागी

बुधबार, २६ माघ २०७८

बुधबार, २६ माघ २०७८

मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु भएको छ । सर्लाहीको हरिवनमा १० दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाबाट प्रशिक्षार्थीहरुको सहभागी रहने छ ।



प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक, साँस्कृतिक सम्बन्ध बारे जानकारी दिने, बाजा बन्ने, बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पश्चिमी संगीत पारम्भिक ज्ञान, मेट्रोनममा बाध्यबादन अभ्यास सुरुवात, बाजानुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरताल बोल स्वरलिपिमा लेखन अभ्यास गराइने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संगीत बिभाग प्रमुख प्राज्ञ अशोक कुमार राईले उद्घाटन कार्यक्रममा जानकारी गराए ।

यसभन्दा पहिले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण दुई हप्ते कार्यक्रम सम्पन्न गरिसकेको छ । काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्तामा सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट