काठमाडौँ । सरकारले एकैपटक २९ सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै २९ जना सहसचिव सरुवाको निर्णय गरेका हुन् ।
रामहरि ज्ञवालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा, उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एकमा र ईश्वर कुमार गिरीको पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश एकमा सरुवा भएको छ ।
अर्थ मन्त्रालयबाट श्रीकृष्ण नेपालको श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा, अर्थ मन्त्रालय वा अन्तर्गतबाट नै महेश आचार्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट श्रीराम तिवारीको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।