राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्ने भएका छन् ।
बिहीबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेकाे हो ।
पार्टीभित्रकाे गुट-उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने उनले बताए ।
यसअगाडी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरिसकेका छन् ।