२४ घण्टामा ११२८ जना कोरोना संक्रमित, १४ जनाको ज्यान गयो-Sutra News

२४ घण्टामा ११२८ जना कोरोना संक्रमित, १४ जनाको ज्यान गयो

शुक्रबार, २८ माघ २०७८

शुक्रबार, २८ माघ २०७८

पछिल्लो २४ घण्टामा देशैभर ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ ।



त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट