अनमोल-सुहाना स्टारर ‘ए मेरो हजुर ४’ शीर्ष गीत रिलिज ( भिडियो )-Sutra News

अनमोल-सुहाना स्टारर ‘ए मेरो हजुर ४’ शीर्ष गीत रिलिज ( भिडियो )

शुक्रबार, २८ माघ २०७८

शुक्रबार, २८ माघ २०७८

युवा स्टार अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले गीत रिलिज गर्दै फिल्मको प्रचार थालनी गरेको हो । यो फिल्म आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउनेछ । शे-फोक्सुण्डोमा खिचिएको सार्वजनिक गीतमा अनमोल र लिड अभिनेत्री सुहाना थापा फिचर्ड छन् । अनमोल र सुहानाको जोडीलाई नृत्य निर्देशक रामजी लामिछानेले रोमान्टिक अबतारमा प्रस्तुत गरेका छन् ।

त्यसो त केहि हप्ता पहिले सार्वजनिक टिजरले फिल्मको ‘हाइप’ उँचो बनाइसकेको छ । पुरानो हिट गीत ‘फुलको थुंगा’को नयाँ भर्सनको गीतमा स्वर सुगम पोखरेल र अस्मिता अधिकारीको छ भने रवि मल्लको शब्दमा संगीत कल्याण सिंहले भरेका छन् । एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् ।



यो गीतको ओरिजिनल भर्सनमा स्वर्गिय निर्देशक शिव रेग्मीको शब्दमा उदितनारायण झा र दीपानारायण झाले स्वर छ । झरना थापाको निर्देशनमा बनेको यो फिल्म हिट सिरिज ‘ए मेरो हजुर’को चौथो सिक्वेल हो । सुनिलकुमार थापा फिल्मका निर्माता हुन् । सञ्जय लामाले खिचेको फिल्ममा अनमोल र सुहानासँगै अभिनयमा छन् । फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

भिडियो –

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट