‘हनी बनी’ मा अनमोल अनुबन्धित, जसितासँग रोमान्स ?-Sutra News

‘हनी बनी’ मा अनमोल अनुबन्धित, जसितासँग रोमान्स ?

शुक्रबार, २८ माघ २०७८

शुक्रबार, २८ माघ २०७८

दिवाकर भट्टराईको निर्देशनमा घोषणा भएको फिल्म ‘हनी बनी’मा स्टार अभिनेता अनमोल केसी अनुबन्ध भएका छन्। निर्माण टिम र अनमोलबीच यसैसाता कागजी सम्झौता भएको बताइएको छ ।



अनमोलले सुरुमा स्कृप्ट पढिसकेपछि फिल्मको लागि तयार भएका हुन् । महंगो पारिश्रमिकले चर्चामा आउने अनमोलले यो फिल्मको लागि कति रकम लिए खुलाइएको छैन ।

दिवाकरसँग अनमोलको यो दोस्रो सहकार्य हो । दिवाकर र अनमोलले यसअघि फिल्म ‘क्याप्टेन’मा सहकार्य गरेका थिए। ‘एक्स ९’को लागि शरिर बनाएर तयार भएका अनमोल उक्त फिल्म तत्काललाई पोष्टपोण्ड भएपछि’हनी बनी’को लागि तयार भएका हुन् ।

यो फिल्मको सम्पुर्ण छायांकन बेलायतमा हुने बताइएको छ । यो फिल्मको मुख्य अभिनेत्रीमा जसिता गुरुङ रहने स्रोत बताउँछ। अनमोलले जसितासँग रोमान्स गर्ने पक्का जस्तै रहेको जानकारी आउँदा निर्माण टिमले भने केहि खुलाएको छैन । त्यसो त जसिता बेलायतमै बस्दै आएकी अभिनेत्री हुन् ।

निर्माण टिमले यो फिल्मको बजेट ७ करोड दाबी गरेको छ । एबी इन्टरनेशलको प्रस्तुतीमा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट