‘लप्पन छप्पन २’ रिलिज पोष्टपोण्ड, ‘म यस्तो गीत गाउँछु २’ लाई सोलो रिलिजको चिठ्ठा !-Sutra News

‘लप्पन छप्पन २’ रिलिज पोष्टपोण्ड, ‘म यस्तो गीत गाउँछु २’ लाई सोलो रिलिजको चिठ्ठा !

शनिबार, २९ माघ २०७८

शनिबार, २९ माघ २०७८

पछिल्लो ‘कोभिड वेभ’ पहिले नै आगामी फागुन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘लप्पन छप्पन २’ अन्तत उक्त मितिमा प्रदर्शन नहुने भएको छ । फिल्म ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले उक्त मितिमा आफ्नो रिलिज तोकेर प्रचार थालेपछि आपत्ति जनाएको ‘लप्पन छप्पन २’ टिम रिलिज हेरफेरको लागि तयार भएको हो ।



त्यसो त २ दिन पहिलेसम्म फिल्मका निर्देशक मुकुन्द भट्टसहित कलाकार सम्मले फिल्मको प्रदर्शन मिति फागुन १३ नै भन्दै सामाजिक सञ्जालमा पोस्टर सेयर गरेका थिए । अब भने फिल्मको नयाँ रिलिज मिति तय गर्नमा निर्माण टिम छलफलमा जुटेको छ । संभवतः आइतबार यो फिल्मको नयाँ रिलिज मिति घोषणा हुनेछ ।

आफुहरुले महिनौं पहिले नै तोकेको प्रदर्शन मितिमा चलचित्र प्रदर्शन तथा वितरकहरुको संस्था चलचित्र संघले लप्पन छप्पन निर्माण कम्पनि गोल्डेन हिल्सले आपत्ति पत्र संघमा दर्ता गराएको थियो । आफ्नो मितिमा ‘म यस्तो गीत गाउँछु २’लाई प्रदर्शन अनुमति दिनु पुर्वाग्रही भन्दै उक्त मितिमा आफ्नो फिल्म लगाउन दिन अनुरोध समेत गरिएको थियो ।

सुदर्शन थापाको निर्देशनमा बनेको ‘म यस्तो गीत गाउँछु २’मा पल शाह र पूजा शर्मा लिड अभिनयमा छन् भने मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन २’मा अनुपबिक्रम शाही, सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा लिड अभिनयमा छन् ।

यो पनि हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट