परदेशी छोरीको सम्झनामा एशियाकै पहिलो महिला टेम्पो चालिका लक्ष्मीले ल्याइन् ‘बाडुल्की’ ( भिडियो )-Sutra News

परदेशी छोरीको सम्झनामा एशियाकै पहिलो महिला टेम्पो चालिका लक्ष्मीले ल्याइन् ‘बाडुल्की’ ( भिडियो )

शनिबार, २९ माघ २०७८

शनिबार, २९ माघ २०७८

एशियाकै पहिलो महिला टेम्पो चालिका लक्ष्मी शर्माले आफ्नो सन्तान प्रेमलाई जोडेर सांगितिक सृजना दर्शक श्रोतामाझ ल्याएकी छिन् । परिस्थितिवस विदेशिन बाध्य छोरीको सम्झनामा तयार पारिएको गीत शुक्रबार इन्टरनेट रिलिज गरिएको हो ।



सार्वजनिक गीतको भिडियोमा लक्ष्मीसँगै अभिनेत्री पवित्रा आचार्य फिचर्ड छन् । फिल्म अभिनय, मोडलिङसँगै कोरियोग्राफर समेत रहेकी पवित्राले लक्ष्मीको छोरीको भुमिका निभाएकी छिन् भने दयाराम सापकोटाले छोराको भुमिका निभाएका छन् ।

‘विदेशिनु रहर नभएर कयौं नेपालीको बाध्यता बनिरहेको’ सन्देश बोकेको गीतमा शब्द संगीत राम सिटौलाको छ । एरेञ्जको काम राजु कार्कीले गरेका छन् ।

गीतको भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका छन् । संकल्प भुजेलले छायांकन गरेको भिडियोमा सम्पादनको काम मिलन श्रेष्ठले गरेका छन् । सिने इक्विपमेन्ट हाउसको तर्फबाट भिडियो निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट