२४ घण्टामा थप ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु-Sutra News

२४ घण्टामा थप ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

आइतबार, १ फाल्गुन २०७८

आइतबार, १ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा देशैभर ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको संक्रमण दर करिब ७ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने तीन हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट