काठमाडौँ । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल सोमबार आयरल्यान्डसँग १६ रनले पराजित भएको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८ गरेका थिए । त्यस्तै अर्का खेलाडी आसिफ शेखले २३, कमलसिंह ऐरीले १३ र कुशल भुर्तेलले १५ रन बनाएका थिए।
त्यसैगरी लोकेश बमले ६, ज्ञानेन्द्र मल्लले ५, कुशल मल्लले ९ र शरद भेषावकर १ रन बनाएर आउट भएका थिए ।