प्रचारलाई तिव्रता दिँदै ‘म यस्तो गाउँछु २’, हल-हलमा साक्षात्कार !-Sutra News

प्रचारलाई तिव्रता दिँदै ‘म यस्तो गाउँछु २’, हल-हलमा साक्षात्कार !

मंगलबार, ३ फाल्गुन २०७८

मंगलबार, ३ फाल्गुन २०७८

कोरोना संक्रमणको क्रम विस्तारै कम हुँदै जाँदा सर्वाधिका मर्कामा परेको फिल्म क्षेत्र चलायमानको क्रममा छ । फागुन १ गतेबाट सरकारले फिल्म हल सञ्चालनको अनुमति दिएसँगै प्रदर्शन मिति तोकेका फिल्महरु प्रचारमा जुटेका छन् ।



ठुलो ब्यानर मानिएको फिल्म ‘म यस्तो गाउँछु २’ यहि फागुन १३ बाट दर्शकमाझ आउने तयारीमा छ । प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम मिडिया प्रचारदेखि हल-हलसम्म पुग्न थालेको छ । हालै फिल्म युनिटले कलाकारसहित काठमाडौंका विभिन्न हलमा पुगेर साक्षात गरेको छ । उपस्थित दर्शकलाई फिल्मको कन्टेन्ट बुझाउँदै सञ्चालहरुसँग संवादउमा जुटेको हो ।

निर्देशक सुदर्शन थापा यतिबेला अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा, वितरक करण श्रेष्ठ सहितको टिम लिएर प्रचार दौडधुपमा छन् । ‘हामी हलहरुको अवस्था के छ, दर्शकले फिल्मको विषयमा के भन्नुहुन्छ भनेर बुझ्न हलमा पुगेका हौं, थापाले भने, ‘ निकै मेहनतका साथ बनाएको फिल्मलाई दर्शकको उल्लेख्य साथ पाउने विश्वास छ ।’

फिल्म युनिट राजधानीका मुख्य हलहरु क्यूएफएक्स सिभिल मल, छायाँ सेन्टर, बिग मुभिज, एफक्यूब लगायतका हलमा पुगेर हलको अवस्था बुझ्दै उपस्थित दर्शकसँग भेटघाटमा जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट