‘प्रेमगञ्ज’मा बोल्ड वेनिशा-Sutra News

‘प्रेमगञ्ज’मा बोल्ड वेनिशा

मंगलबार, ३ फाल्गुन २०७८

मंगलबार, ३ फाल्गुन २०७८

अभिनेत्री वेनिशा हमाल फिचर्ड फिल्म ‘प्रेमगञ्ज’ले प्रचार प्रचार सुरु गरेको छ । प्रदर्शन मिति तय नभइसकेको फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माण टिम प्रचारमा उत्रिएको हो । पोस्टरलाई भ्यालेन्टाइन गिफ्ट भनिएको छ । फिल्मको संभावित प्रदर्शन आगामी जेठ बताइएको छ ।



सोमबार सार्वजनिक क्यारेक्टर पोस्टरमा वेनिशालाई ‘मैना’को रुपमा उभ्याइएको छ । पोस्टरमा वेनिशा बोल्ड लूक्समा देखिन्छिन् । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मको हाल पोष्ट प्रोडक्सनको काम भइरहेको बताइएको छ ।

वेनिशासँगै तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायतको अभिनय रहेको फिल्मलाई अनन्तमान श्रेष्ठले निर्माण गरेका हुन् । सय्जय लामाको छायांकन रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट