दुइ वर्षदेखि प्रेममा रहेको ज्योतिषी हिरो हरिहर अधिकार र अभिनेत्री नीता ढुङ्गानाले फिल्म बनाउने हल्ला बारबार चलिरहन्छ । यसअघि नै फिल्मदेखि सिरिज निर्माणको तयारीमा जुटेका समाचारकाबीच यो जोडीले एक भजन निर्माण गरेको थियो । उक्त भजन नीताले नै निर्देशन गरेकी थिइन् ।
आगामी जेठबाट सिरिज ‘श्रीमद्भावगत गीता’को छायांकन सुरु गर्ने तयारीमा जुटेको भनिएको यो जोडी अब सांच्चिकै फिल्म निर्माणमा आउने कुरा बाहिर आएको छ । निकट स्रोतका अनुसार ‘ह्रस्व दीर्घ’ नामको फिल्म निर्मानको तयारीमा यो जोडी छ । फिल्मलाई नीताले नै निर्देशन गर्ने बताइएको छ ।
हाल स्कृप्टको काम चलिरहेको भनिएको उक्त फिल्मको छायांकन अर्को वर्षको भदौबाट सुरु हुने छ । प्राप्त जानकारी अनुसार फिल्मको मुख्य अभिनयमा पनि हरिहर र नीता नै रहनेछन् ।