२४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु-Sutra News

२४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

मंगलबार, ३ फाल्गुन २०७८

मंगलबार, ३ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा देशैभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९८२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ भने ९ लाख ४२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार थप २ जनाको मृत्‍यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट