युक्रेन सीमाबाट रुसले सेना फिर्ता गरेपनि आक्रमणको सम्भावना अझ धेरैः अमेरिकी राष्ट्रपति बाइडेन-Sutra News

युक्रेन सीमाबाट रुसले सेना फिर्ता गरेपनि आक्रमणको सम्भावना अझ धेरैः अमेरिकी राष्ट्रपति बाइडेन

बुधबार, ४ फाल्गुन २०७८

बुधबार, ४ फाल्गुन २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमलाको ‘निकै धेरै’ सम्भावना भएको बताएका छन् । रुसले युक्रेनको सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको बताइरहेका बेला राष्ट्रपति बाइडेनले रुसी हमलाको सम्भावना अझै धेरै रहेको दाबी गरेका हु्न् ।



सीमाबाट केही सेना फर्किएको भन्ने विषय पुष्टि हुन बाँकी नै रहेको बताउँदै उनले भने, ‘विश्लेषकहरूले संकेत गरेका छन की रुसी सेना धेरै धम्कीपूर्ण स्थितिमा रहन्छन् । ’

अमेरिका ठूलो मात्रामा प्रतिबन्धहरू लगाउन तयार रहेको बताउँदै वासिंगटनले ‘कूटनीतिलाई सफल हुने हरेक मौका दिने’ बाइडेनले बताए ।

यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाली समकक्षी सर्गेइ लाभरोभसँगको टेलिफोन वार्तामा सीमामा प्रमाणित, विश्वसनीय, अर्थपूर्ण ‘डि–एस्केलेसन’ हुन आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट