‘लप्पन छप्पन २’ को एक्सन प्रधान ट्रेलर रिलिज, सौगातलाई सुपरस्टारको ट्याग (भिडियो)-Sutra News

‘लप्पन छप्पन २’ को एक्सन प्रधान ट्रेलर रिलिज, सौगातलाई सुपरस्टारको ट्याग (भिडियो)

बिहिबार, ५ फाल्गुन २०७८

बिहिबार, ५ फाल्गुन २०७८

यसैसाता फागुन २० लाई नयाँ प्रदर्शन मिति तय गरेको फिल्म ‘लप्पन छप्पन २’को नयाँ ट्रेलर रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले ट्रेलर रिलिज गरेर रिलिज कन्फिडेन्स बढाएको छ ।



सार्वजनिक ट्रेलरमा अभिनेता सौगात मल्ललाई ‘सुपर स्टार’को ट्याग दिइएको छ । ट्रेलरमा सत्ता, सक्ति र पैसाको खेलको कुरालाई उठान गरिएको छ । फिल्मको अधिकांश दृश्य अष्ट्रेलियामा छायांकन गरिएको हो ।

मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्ममा सौगातसँगै अर्पण थापा, अनुपबिक्रम शाही, शिव श्रेष्ठ, दिपक क्षेत्री लगायत लिड अभिनयमा छन् । कलाकारहरुको भिन्न भिन्न लुक्सले दर्शकलाई केन्द्रमा राख्न सक्ने अपेक्षा निर्माण टिमको छ ।

एक्सन प्रधान फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेलको लगानी छ। पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् । मिलन श्रेष्ठ सम्पादनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट