अकेशा बिस्ट फिचर्ड ‘लाइफ इन एलए’ रिलिज घोषणा-Sutra News

अकेशा बिस्ट फिचर्ड ‘लाइफ इन एलए’ रिलिज घोषणा

बिहिबार, ५ फाल्गुन २०७८

बिहिबार, ५ फाल्गुन २०७८

अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’को रिलिज मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको फिल्म नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।



फिल्ममा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममाएलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको यो मा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण टिमले सार्वजनिक विज्ञप्ती अनुसार अमेरिका भन्दा पहिले नेपाल रिलिज लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट