दयाहाङको फिल्ममा भारतीय हिरोइन अनुबन्धित-Sutra News

दयाहाङको फिल्ममा भारतीय हिरोइन अनुबन्धित

बिहिबार, ५ फाल्गुन २०७८

बिहिबार, ५ फाल्गुन २०७८

दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म ‘द स्काइ इज माइन’ मा भारतीय अभिनेत्री तनिष्ठा चटर्जी अनुबन्ध भएकी छिन् । यसअघि नै अभिनेता दयाहाङ राई लिड रोलमा रहने पक्का भएको फिल्ममा हालै चटर्जी अनुबन्धित भएकी हुन् ।



यो फिल्ममा आशा मगराती लिडिङ लेडी हुन् । उता ‘ब्रिटिश इन्डिपेन्डेन्ट फिल्म अवार्ड’ मा फिल्म ‘ब्रिक लेन’, पार्च्ड’ र लायन’ बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी चटर्जी भारतमा भर्सटायल हिरोइनको रुपमा परिचित छिन् ।

यो फिल्मले दक्षिण एसियामा व्याप्त जात प्रथाको कथा पेश गर्नेछ । फिल्मको कथा दीपकसँगै डेविड बार्कर र आशा मगरतीले मिलेर लेखेका हुन् । निर्देशक रौनियारले तनिष्ठाको करिअरलाई आफूले १० वर्षदेखि पछ्याइरहेको र उनको काम एकदमै मनपर्ने गरेको बताएका छन् । ‘पहिलो भेटमै मैले खोजेको ममता तन्निष्ठ नै हुन् भन्नेमा स्पष्ट भएको थिएँ । हामी राम्रोसँग फिल्ममा जोडियौं । म उनीसँग काम गर्नका लागि उत्साहित छु’, उनले भनेका छन् ।

आगामी बैशाखबाट फ्लोरमा जानेछ । दीपक निर्देशित पछिल्लो सर्टमुभी ‘पोर नाइट्स’ यतिबेला वर्लिन फिल्म फेस्टिवलमा स्कृनिङ भइरहेको छ । यसहघिका ‘हाइवे’र ‘ह्वाइट सन’ दुबै फिल्मबाट चौतर्फी तारिफ भेटेका निर्देशक दीपकको ‘ह्वाइट सन’ले भेनिस, पाम स्प्रिंग्स, फ्राइबर्ग र सिंगापुर फिल्म फेस्टिवलमा पुरस्कार जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट