२४ घण्टामा थपिए ५७० जना कोरोना संक्रमित, ६ जनाको मृत्यु-Sutra News

२४ घण्टामा थपिए ५७० जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

बिहिबार, ५ फाल्गुन २०७८

बिहिबार, ५ फाल्गुन २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।



पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो

कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् ।

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट