पूर्वी युक्रेनमा गोलाबारी, राष्ट्रपति जेलेन्स्किीले भने- रुसी सेनाको ठूलो उत्तेजना-Sutra News

पूर्वी युक्रेनमा गोलाबारी, राष्ट्रपति जेलेन्स्किीले भने- रुसी सेनाको ठूलो उत्तेजना

शुक्रबार, ६ फाल्गुन २०७८

शुक्रबार, ६ फाल्गुन २०७८

पूर्वी युक्रेनको एउटा गाउँमा रुसी समर्थक बिखन्डनकारीले गोलाबारी गरेको विवरण सार्वजनिक भएको छ । रसिया र युक्रेनको बढ्दो तनावबीच पूर्वी युक्रेनको स्ट्यान्टिया लुगान्स्कामा बिखन्डनकारीले गोलावारी गरेका हुन् ।



गोलाबारीबाट एउटा किन्डरगार्टेनको पर्खाल भत्किएको छ । २० बालबालिका र १८ कर्मचारी रहेको सो किन्डरगार्टेनमा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । गोलावारी सुरु भएपछि चोटपटकबाट बच्न बालबालिका भागेका थिए ।

गोलाबारीका कारण स्टाफसहितको जिम हल र भवनभित्र रहेका बालबालिका प्रभावित भएको बताइएको छ । गोलाबारी सुरु भएपछि दुई तले भवनभित्र रहेका सबै जना अर्को छेउतिर भागरे भुइ तलाको पर्खालमा लुकेका थिए ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले भने, ‘किन्डरगार्टेनमा भएको गोलावारी रुस समर्थक फौजले गरेको ठूलो उत्तेजना हो ।’ दोनेस्क र लुगान्सक क्षेत्रमा रुसको समर्थन पाएका विद्रोही र युक्रेनी सेना द्वन्द्वमा छन् ।

बिहीबार विद्रोहीले ३४ वटा युद्धविराम उल्लंघन गरेको आरोप युक्रेनी सेनाले लगाएको छ । भारी हतियार प्रयोग गर्दा कम्तीमा दुई सैनिक र पाँच जना सर्वसाधारण घाइते भएको पनि उसले जनाएको छ ।

युक्रेनमा आक्रमण गर्न रुसले ‘गलत झन्डा’ सञ्चालन गर्न सक्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले बताइरहेका बेला पछिल्लो घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट