किरण पुन्जको ‘अन्तिम इच्छा’मा पुष्प र पुजाको जोडी-Sutra News

किरण पुन्जको ‘अन्तिम इच्छा’मा पुष्प र पुजाको जोडी

शुक्रबार, ६ फाल्गुन २०७८

शुक्रबार, ६ फाल्गुन २०७८

झण्डै दुई दशकदेखि सांगीतिक यात्रामा रहेको गायक किरण पुन्जले आप्नै गायकीमा ‘अन्तिम इच्छा’ म्युजिक भिडियो बजारमा ल्याएका छन् ।



प्रायाग संगीत समिती बाट संगीत प्रभाकर पास गरेका पुन्ज २०६४ साल देखी काष्ठमण्डप बिद्यालयमा संगीत शिक्षक को रुपम कार्यरत छन् ।

२०६६ सालमा किरण नामक एल्बम प्रकाशन गरेर चर्चामा आएका पुन्जले बिभिन्न शास्त्रिय संगीत कार्यक्रमहरुमा प्रस्तुती दिंदै आइरहेका छन ।

पुन्जले आफ्नो पछिल्लो म्युजिक भिडियो ‘अन्तिम इच्छा’मा नायक पुष्प खड्का र नायिका पुजा शर्मालाई जोडी बाँधिदिएका छन् । यो जोडीले दर्जन बढी भिडियोमा एकसाथ काम गरिसकेको छ ।

गीतमा राजेन्द्र वाइबाको शब्द र संगीत रहेको छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा विकास धमलाले सम्पादन तथा वुद्ध थापाले छायांकन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट