२४ घण्टामा ४३७ कोरोना संक्रमित थपिए, २ जनाले ज्यान गुमाए-Sutra News

२४ घण्टामा ४३७ कोरोना संक्रमित थपिए, २ जनाले ज्यान गुमाए

शुक्रबार, ६ फाल्गुन २०७८

शुक्रबार, ६ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा देशैभर थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ । हालसम्म ९ लाख ४८ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ ।

कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ जना रहेका छन् । जसमध्ये १३ हजार ८२८ जना होम आइसोलेसनमा रहेका छन् भने ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट